काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ८० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब २ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.९७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया