काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५८औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको १० प्रतिशत नगद लाभांश पारित गरिनेछ ।
यस्तै, ऋण सुविधा लिने स्वीकृतमाथि छलफल गरी पारित गर्ने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितका लागि जम्मा गरेको राहत रकम अनुमोदन गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।




















प्रतिक्रिया