काठमाडौं । अमेरिकाका प्रधानन्यायाधीश जोन जी. रोबर्टस् जुनियरले ट्रम्प प्रशासनलाई विदेशी सहायता भुक्तानी रोक्ने आदेश जारी गरेका छन् । यसअघि एक संघीय न्यायाधीशले यूएसएआईडी र विदेश विभागलाई १.५ बिलियन अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएका थिए ।
तर, त्यसविरुद्ध ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा आपतकालीन अपील दायर गरेको थियो । जसमा त्यसमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश जोनले ट्रम्प प्रशासनलाई विदेशी सहायता भुक्तानीमा रोक लगाउने निर्णयलाई जारी राख्न अनुमति दिएका छन् ।
मुख्य न्यायाधीश रोबर्टले उक्त अपीललाई स्वीकृति दिएर भुक्तानी रोक्ने निर्णयलाई जारी राख्न अनुमति दिएका छन् । प्रधानन्यायाधीश रोबर्टले भनेका छन्, ‘न्यायाधीशले आफ्नो अधिकार क्षेत्र बाहिर गएर फैसला सुनाएका छन् र राष्ट्रपतिको विदेशी सहायतामाथि उचित निर्णय लिने कर्तव्यमा हस्तक्षेप गरेका छन् ।’
प्रधानन्यायाधीश रोबर्टले यो मामलामा अन्तिम आदेश नआउञ्जेलसम्मका लागि तत्काल सहायताको रकम भुक्तानी गर्नुपर्ने गरी आदेश गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
उनले ट्रम्प प्रशासनको अपिलको विरोधमा उभिएको पक्षलाई शुक्रबारसम्म आफ्नो जवाफ दिन पनि आदेश दिएको छ ।




















प्रतिक्रिया