काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पलाई २०७२ वैशाख १२ गतेको भूकम्पको पराकम्प भएको बताएका छन् ।
उनले भने, ‘यो कुनै नयाँ किसिमको भूकम्प होइन्। यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको पराकम्प हो।’
शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड क्षेत्र केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । यस भूकम्पको असर नजिकका क्षेत्रहरूमा पनि देखिएको थियो ।
डा. अधिकारीका अनुसार यस्तो पराकम्पको घटना प्रायः पुराना भूकम्पको क्षेत्रहरूमा घट्न सक्छ । यसले भूकम्पको अध्ययनमा महत्त्वपूर्ण जानकारी प्रदान गर्छ र भविष्यमा हुने सम्भावित भूकम्पहरूको पूर्वानुमान गर्न सहयोग पुर्याउँछ ।
यस भूकम्पको कारण केहि क्षति नभएको बताइएको छ ।




















प्रतिक्रिया