Logo

धर्म / संस्कृति

ल्होसार जस्तो पर्वले संस्कृतिलाई जोगाउँछ: विद्वान गुरुङ



काठमाडाैं । ग्याल्पो ल्होसारको अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

बौद्ध धर्मावलम्बी र शेर्पा जातिले मनाउने यो चाडलाई विशेष रूपमा मनाउने पर्वको रुपमा अध्यक्ष गुरुङले उल्लेख गरेका छन् । उनले भने प्रत्येक वर्ष फेब्रुअरी महिनामा ग्याल्पो ल्होसार मनाउने तयारीमा शेर्पा, तिब्बती र योल्मो समुदायका सदस्य जुट्नेछन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै अध्यक्ष गुरुङले लेखेका छन्, ‘आपसी सद्भाव र एकताको प्रतीकको रूपमा आउने यस्तो पर्वले हरेक नेपालीलाई भावनामा जोड्छ।’

अध्यक्ष गुरुङले ल्होसार जस्तो पर्वले संस्कृतिलाई जोगाउने महत्त्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्दै सम्पूर्ण आस्थावान व्यक्तिहरूलाई शुभकामना दिएका छन् ।

यो पर्व सांस्कृतिक एकता र आपसी सद्भावको प्रतीक बनेको छ, जसले नेपाली समुदायलाई अझ नजिक ल्याउँछ र पारंपरिक सांस्कृतिक धरोहरलाई संरक्षण गर्नमा मद्दत पुर्याउँछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १२:०५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।