Logo

अर्थ

प्रभु क्यापिटल र बिजबेलबीच ‘रोड टु आईपीओ’ सम्झौता



काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले बिजबेल लिमिटेडसँग ‘रोड टु आईपीओ’ सम्झौता गरेको छ । प्रभु क्यापिटलको कर्पोरेट एडभाइजरी सेवा अन्तर्गत भएको सम्झौताले बिजबेललाई आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) को प्रक्रियामा महत्वपूर्ण मार्गदर्शन गर्नेछ ।

फेब्रुअरी २७ मा सम्पन्न सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आसिस गौचन र बिजबेल लिमिटेडका संस्थापक सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा हाइड्रो एम्पायर प्रा.लि.का अध्यक्ष काजी लामा र प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा को उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार प्रभु क्यापिटलले बिजबेललाई प्रि-आईपीओ तथा आईपीओ प्रक्रियासम्बन्धी परामर्श सेवा प्रदान गर्नेछ । यस अन्तर्गत पूँजी संरचना योजना, शेयर मूल्य निर्धारण, प्रि-आईपीओ इक्विटी संकलन, बजार रणनीति, आईपीओ तयारी र निष्कासन व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा मार्गदर्शन प्रदान गरिनेछ ।

बिजबेल लिमिटेडले सन् २०१४ देखि स्वच्छ ऊर्जामा लगानी गर्दै आएको छ । कम्पनीले १००० मेगावाट बराबरको नवीकरणीय ऊर्जा परियोजनाहरू सञ्चालन गर्दै आएको छ । बिजबेलले नेपालका दुर्गम क्षेत्रहरूमा जलविद्युत् परियोजना विकास गर्दै सामाजिक र आर्थिक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

प्रभु क्यापिटल नेपालमा वित्तीय सल्लाह तथा लगानी बैंकिङ सेवा प्रदान गर्ने अग्रणी संस्था हो । कम्पनीले व्यवसाय योजना, बजार मूल्यांकन, सम्भाव्यता अध्ययन, इक्विटी संकलन तथा ऋण सिंडिकेशनजस्ता परामर्श सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १२:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।