Logo

अर्थ

कामना सेवाको केएसबीबीएल ओलम्पिक्स सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंकले केएसबीबीएल ओलम्पिक्स २०८१ सम्पन्न गरेको छ । कर्मचारीको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिता सम्पन्न भएकाे छ । सात प्रदेश र केन्द्रीय कार्यालय गरी कुल आठ समूहबाट खेल आयोजना गरिएको थियो । पुरुषतर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशीष अधिकारीको जोडीले कोसी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधि जितेको छ ।

महिलातर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषाकुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयका अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधि जितेको छ ।

त्यसैगरी पुरुषतर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सञ्जीव लामालाई हराउँदै उपाधि जित्दा महिलातर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईंले कोसी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधि जितिन् ।

विजेता तथा उपविजेता टिमलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानाले ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १२:३३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।