Logo

प्रमुख समाचार

नयाँ बानेश्वरमा प्रदर्शनको क्रममा झडप, डीएसपी पौडेल घाइते



काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा आज भएको प्रदर्शनको क्रममा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १३:००   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।