Logo

अर्थ

बलेफी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । बलेफी हाइड्रोपावरले लिलामीमा बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले फागुन ५ गते सोमबार १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको सेयरमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेकोछ । यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार ११:१५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।