Logo

स्वास्थ्य

नेपालमा थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो



नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो । 

गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन् । 

नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ । हाल ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार  ४ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।