Logo

प्रमुख समाचार

बाह्य शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको छ ।

आज प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयमा पनि छलफल भएको छ ।

बैठकपछि सचिव डोरप्रसाद उपाध्यायले भने, ‘बाह्य शक्तिहरुले हिन्दू राज्यको अवधारणसहित अगाडि आउनुपर्छ भनेर संविधान संशोधन लगायतका विषयहरूमा जोड पुगोस् भनेर सडक तताएको हुनसक्छ भन्ने आशंकासहित छलफल चलिरहेको छ । त्यसमा अहिलेको सरकारको नेतृत्वको मौनता रहस्यमय छ ।’

अभियान स्थगित राजावादीको सक्रियताका कारण नभई बैठक बस्नका लागि गरिएको उनले दाबी गरे ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार १३:२६   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।