काठमाडौं । राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायल मात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हु्न् । ‘एकजना मित्रले भूत देख्नु भएछ, लेनिनको भूत हो कि माओको भूत हो ?’, उनले भनिन्, ‘एकजना मित्रले राजाको जयजयकार गरेको देख्नु भएछ । नेताहरू जिल्ला जाँदा मुर्दावाको नारा लागेको पनि देख्नु भएको होला । यो त ट्रायल मात्र हो, पूरा दृश्य आउनै बाँकी छ ।’
उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् । ‘त्यसबेला लुक्ने ठाउँ खोज्नुहोला । २५ गतेको भिड नालायक सरकारले जन्माएको हो । जति दिन यो सरकारमा बस्नुहुन्छ त्यति भीड बढ्दै जानेछ’, कार्कीको भनाई छ ।




















प्रतिक्रिया