Logo

स्वास्थ्य

कक्षा ११ को परीक्षा धमाधम सन्चालन हुँदै



कोभिड १९ महामारीबीच मुगुमा कक्षा ११ को परीक्षा धमाधम सन्चालन हुँदै छन् । मुगु जिल्लाको एक नगरपालिका तीन गाँउपालिकामा रहेका ११ वटा उच्च माध्यामिक बिद्यालहरु आ आफ्नो बिद्यालयको समय अनुकुल मिलाएर कक्षा ११ को परिक्षा सन्चालन गरीरहेका छन् ।

पछिल्लो समयमा सरकारले गरेका नीति अनुसार मंसिर ९ गते अगाबै कक्षा ११को परिीक्षा सकिसक्न निर्देशन दिइएपछि सतर्कता अपनाउदै परिक्षा सन्चालन भइरहेको शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख सुर्य बहादुर खत्रीले बताएका छन ।

कार्तिक २३ गते बाट सन्चालन भएको कक्षा ११ को परीक्षा आज दोस्रो दिन श्री नमुना माध्यामिक बिद्यालय वुद्घ माग्रीको बिद्यालयमा आज नियमित तर्फ ३० नजा जसमध्ये २ जना अनुपस्थि भएका थिए । २८ जना सहभागी अंशिक तर्फ ३४ जना लगाएत अन्य बिभिन्न बिषयमा छात्र ३६ जना छात्रा २८ जना सहभागी रहेका छन ।

बिद्यार्थिहरुलाई परीक्षामा सहभागी हुन भन्दा पहिले स्वास्थ्य चौकी माग्री स्वास्थ्यकर्मिबाट नियमित चेक जाच, सामाजिक दुरी कायम ,सेनिटाईजर र माक्स प्रयोग गरेर मात्र परीक्षमा सहभागी गराउर्ने गरेको श्री नमुना माध्यमिक बिदालय वुद्घ माग्रीका प्रधानाध्यापक टीका प्रसाद उपाध्यायले बताएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार २३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।