काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर विवादित डेपुटी गभर्नर निलम ढुंगानालाई नै बनाउने सोच बनाएको बुझिएको छ । महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा हुन लागेसँगै वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व कायम गर्न योग्य तथा क्षमतवान व्यक्ति नेपाल गभर्नरका आकांक्षी छन् । तर चर्चा बटुल्नकै लागि जे पनि गर्ने ओलीले बैंककी डेपुटी गभर्नर ढुंगानालाई नै गभर्नर बनाएर हाईहाई बटुल्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ ।
निलम ढुंगानालाई गभर्नर : एमालेको चुनावी एजेन्डा
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा देशका महत्वपूर्ण कार्यकारी पद राष्ट्रपति, प्रधानन्यायाधीश, र मुख्य सचिवमा महिला नियुक्त गरेको बिषय सार्वजनिक सभा सम्मेलनमा गर्दै आएका छन् । सोहि क्रमलाई निरन्तरता दिंदै ओलीले विवादित डेपुटी गभर्नर ढुंगानालाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाए भन्ने श्रेय लिन खोजेका छन् । तर वित्तीय क्षेत्रको विकासभन्दा पनि आफ्नो चुनावी एजेन्डा मजबुत हुने भएकाले ढुंगानालाई गभर्नर बनाउन खोजेको बुझिएको छ ।
एक त पहिलो महिला गभर्नर बनाए भनेर चर्चा बटुल्न मिल्ने अर्कोतर्फ राजनीति हस्तक्षेप नभएको देखाउन ओलीले उनैलाई अघि सारेर आफ्नो निजि स्वार्थ पूरा गर्ने तयारी गरिरहेको बिषयले चर्चा पाएको छ । तर संकटमा रहेको अर्थतन्त्र सुधारका लागि अति संवेदनशील भएर निर्णय लिनुपर्नेमा चर्चा पाउनकैलागि गर्न लागेको ओलीको यस किसिमको अपरिपक्क निर्णयले भने वित्तीय क्षेत्रमा विभिन्न प्रश्नहरू उठाएको छ ।
वित्तीय तथा समष्टिगत आर्थिक क्षेत्रमा स्थायित्व कायम गर्नसक्ने क्षमतवान व्यक्ति प्रतिष्पर्धामा हुँदाहुँदै महिला भएकै कारण आफ्नै गृह जिल्लाकी भन्दै सहानुभूति बटुल्नकै लागि ढुंगानालाई राष्ट्र बैंकको गभर्नर जस्तो महत्वपूर्ण जिम्मेवारी दिने ओलीको तयारीपछि उनको बैंक व्यवस्थापन भित्रैबाट आलोचना हुन सुरु भएको छ ।
ढुंगानालाई ओलीले यसअघि पनि राष्ट्र बैंकका सिनियर कर्मचारीको मनोवल गिराउने गरी आफ्नो पार्टी निकट भएकै कारण पहिलो महिला डेपुटी गभर्नर बनाएका थिए । सोहिक्रमलाई निरन्तरता दिंदै उनी फेरि उनैलाई अघि सारेर चर्चा बटुल्ने तयारीमा छन् । तर आफ्नो कार्यकालमा विभिन्न विवादहरूमा मुछिएकी छिन् । उनले गरेका अपरिपक्क निर्णयहरू र क्रियाकलापहरूलाई लिएर वित्तीय क्षेत्रका विज्ञहरूतथा सञ्चार माध्यमहरूले समेत आलोचना गरेका छन् । उनलाई गभर्नरको रूपमा नियुक्त गर्ने ओलीको तयारीपछि राष्ट्र बैंकको विश्वसनीयता र पारदर्शितामा र राष्ट्र बैंकको औचित्यमाथि नै प्रश्न उठिरहेको छ ।
प्रधानमन्त्री ओलीले आगामी ०८४ को चुनावी अभियानमा महिलालाई प्राथमिकता दिएको देखाउनकै लागि अपनाएको रणनीतिले देशमा थप आर्थिक संकट निम्त्याउन खोजिएको अर्थविद्हरु गुनासो गर्छन् । ढुंगानालाई गभर्नर बनाएर नेपालको पहिलो महिला गभर्नर मैले बनाएर भन्दै इतिहास रच्ने र ताज भिर्ने ओलीको राजनैतिक रणनीतिले राष्ट्र बैंकको गभर्नरको गरिमामाथि नै प्रश्न खडा भएको छ । योग्यता क्षमाता भन्दा बढी लैंगिकताको आधारमा राजनीतिक निकटता तथा बिचरा भन्दै बिल्ला बिराएर चर्चा बटुल्ने प्रवृतिका कारण क्षमातावान व्यक्ति पछि पर्ने र अपेक्षित नतिजा नआउने गरेको छ ।
नेपालको वित्तीय क्षेत्रमा महिलाको प्रतिनिधित्व कम भएको अवस्थामा उच्च पदमा महिलाको नियुक्तिले सकारात्मक सन्देश दिन सक्छ । तर, समस्याग्रस्त अर्थतन्त्रमा वित्तीय क्षेत्रको सुधार तथा विकासका लागि बिना दवाव र प्रभाव अर्थतन्त्र हाक्न समयमै बोल्ड निर्णय लिन सक्ने भिजन भएको व्यक्ति चाहिन्छ । राष्ट्र बैंकको गभर्नर नियुक्तिको निर्णय गर्दा लिंग बिशेषभन्दा व्यक्तिको योग्यता, अनुभव र क्षमता जस्ता महत्वपूर्ण पक्षहरूलाई प्राथमिकता दिनु आवश्यक छ ।
राष्ट्र बैंकको गभर्नर यस्तो महत्वपूर्ण पदका लागि निर्णय गर्दा योग्यता, क्षमता र अनुभवलाई प्राथमिकता दिनु अतिआवश्यक छ । केवल चुनावी फाइदाका र आफ्नो व्यक्तिगत स्वार्थ मात्र हेरेर लिईने निर्णय सर्वमान्य हुन नसक्दा यसको असर दीर्घकालीन रूपमा पर्न जान्छ र कार्यसम्पादन प्रभावकारी हुँदैन ।
बैंक सुपरिवेक्षण विभागको नेतृत्वमा रहेकी ढुङ्गानामाथि उक्त जिम्मेवारी समेत कुशलतापुर्वक सम्झाल्न नस्क्दा बैंकहरु झन् झन् धारासायी बन्दै गएको आरोप लाग्दै आएको छ । तिनै ढुङ्गानालाई गभर्नर जस्तो गरिमामय पद सुम्पेर वित्तीय सुशासनकै खिल्ली उँडाउन लागेको बैंकरहरको गुनासो छ ।
त्यस्तै, राजनीतिको पहुँचकै भरमा यसअघि पनि मर्यादाक्रम मिचेर डेपुटी गभर्नर बनेकी ढुङ्गानालाई गभर्नर बनाईयो भने अब उनको अन्डरमा बसेर काम गर्न नसकिने निश्कर्शसहित राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीले सामूहिक राजीनामा दिने तयारी समेत गरेको बैंक स्रोत बताउँछ ।
बैंक सुपरिवेक्षण विभागको नेतृत्वमा रहेकी ढुङ्गानामाथि उक्त जिम्मेवारी समेत कुशलतापुर्वक सम्झाल्न नस्क्दा बैंकहरु झन् झन् धारासायी बन्दै गएको आरोप लाग्दै आएको छ । तिनै ढुङ्गानालाई गभर्नर जस्तो गरिमामय पद सुम्पेर वित्तीय सुशासनकै खिल्ली उँडाउन लागेको बैंकरहरको गुनासो छ ।
त्यस्तै, राजनीतिको पहुँचकै भरमा यसअघि पनि मर्यादाक्रम मिचेर डेपुटी गभर्नर बनेकी ढुङ्गानालाई गभर्नर बनाईयो भने अब उनको अन्डरमा बसेर काम गर्न नसकिने निश्कर्शसहित राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीले सामूहिक राजीनामा दिने तयारी समेत गरेको बैंक स्रोत बताउँछ ।
छुटाउनु भयो कि ?
निलम ढुंगानालाई गभर्नर बनाउन मारवाडी समूहको चलखेल : अर्थतन्त्र ‘बन्धक’ बन्ने खतरा
को बन्ला राष्ट्र बैंकको गभर्नर : कोटा र भागबण्डा या भिजनरी व्यक्ति ?
राष्ट्र बैंकका गभर्नर अधिकारी ‘फोर्स लिभमा’: विवादित डेपुटी ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी
कहिँ नभएको जात्रा राष्ट्र बैंकमा : जुनियरसँग प्रतिसोध साध्न सहानुभूति बटुल्दै डेपुटी गभर्नर ढुङ्गाना




















प्रतिक्रिया