Logo

जनप्रतिनिधि

प्रकाशमानलाई बालेनको सुझाव : गणेशमान र कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई सम्बोधन गरेर केही प्रश्न उठाएका छन् ।

उनले अव्यवस्थित् बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित् गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामा रहेको टिप्पणी गरेका हुन् । उनले यी काम कहिले गर्ने हो ? भन्दै प्रकाशमानसमक्ष प्रश्न तेर्साएका छन् । मेयर बालेनले फेशबुकमा लेखेका छन् –।

माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,

अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार २१:४०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।