Logo

धर्म / संस्कृति

पाथीभरा केवलकारको विरोधमा २५ चैतदेखि अनिश्चितकालिन यातायात बन्द गर्ने घोषणा



काठमाडौं । नो केवलकार समूहले पाथीभरामा निर्माणाधीन केवलकारको विरोधमा फेरि यातायात बन्द गर्ने घोषणा गरेका छन् । मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणको लागि भन्दै आगामी २५ चैतदेखि अनिश्चितकालिन यातायात बन्द गर्ने घोषणा गरेको हाे ।

समितिले एसियन हाईवेबाट उत्तरी खण्ड, मेची हाइवे, तम्मर करिडोर, धनकुटे रोडलगायतका पूर्वजाने सबै मुख्य सडक बन्द गर्ने भएका छन् ।

उनीहरुले मुक्क्कुमलुङ संस्कृति, सम्पदा, सम्भयता र मुन्धुमीस्थलमाथिको सांस्कृतिक संहार, गोलीकाण्ड, राज्यको मानवता विरोधी फुङलिङ काण्डविरुद्ध र केवलकारका खारेजीको माग गर्दै यातायात बन्दको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १२:४२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।