Logo

अर्थ

घट्यो सेयर बजार, ५ अर्ब ७९ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १५.५७ अंकले घटेर २६७७ को विन्दुमा कायम भएको छ ।

आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीकाे मूल्य घटेको छ । आज ५ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १५:१३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।