काठमाडौं । निसान मोटर इन्डियाले आफ्नो हालको प्रडक्ट–लाइनअपमा नयाँ ७ सिट क्षमतायुक्त ‘बी–एमपीभी’ थप्ने घोषणा गरेको छ । हालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रडक्ट शोकेस इभेन्ट’ मा निसानले भारतका लागि लक्षित दुई नयाँ उत्पादन प्रदर्शन समेत गरेको थियो ।
यो घोषणा निसानको भारत बजारका लागि लक्षित योजना अनुरूप रहेको र यसले आफ्ना ग्राहकको बढ्दो आकांक्षा अनुसार हालका उत्पादन परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यस अन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बी–एमपीभी, सी–एसयूभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्याग्नाइटले नेतृत्व गरेको बी–एसयूभी सेगमेन्टमा पनि उपलब्ध गराइने छ । निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा पनि यो लाइनअप सार्वजनिक गर्ने घोषणा गरेको छ ।
निसानको नयाँ बी–एमपीभी (मल्टि–पर्पस भेहिकल) को पहिलो पटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रडक्ट–अफेन्सिभ’ रणनीति सुरु भएको छ । बी–एमपीभी निसानको भारतको प्रडक्ट (पोर्टफोलियोमा ब्रान्ड न्यु) सदस्यका रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।
त्यसपछि पहिले नै घोषणा गरिएको ५ सिट क्षमताको ‘सी–एसयूभी’ (कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भेहिकल) आर्थिक वर्ष २०२६ सुरुवातमा सार्वजनिक गरिने छ । कम्पनीले दुई नयाँ टिजर सार्वजनिक गरेको छ, जसले दुवै सवारीसाधनको ‘डेभलपमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बी र सी तथा डी एसयूभी सेगमेन्टका भारतीय ग्राहकका लागि ४ नयाँ उत्पादन सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।
नयाँ सी–एसयूभी निसान पेट्रोलको डिजाइनबाट प्रेरित छ । अर्कातर्फ, निसानको बी–एमपीभीले आफ्नो खरिदमा अधितकम लाभ खोज्ने ग्राहकलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्ने छ ।
भारतको वार्षिक आन्तरिक बिक्री र निर्यात १ लाख इकाईको महत्त्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ ।




















प्रतिक्रिया