Logo

खेलकुद

अफगानिस्तानविरुद्ध नेपालको सानदार जित



काठमाडाैं । अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल यू–१९ टिम ८५ रनले विजयी भएको छ । नेपाल यू–१९ टिम डकवर्थ लुइस अर्थात् डिएल मेथडअनुसार विजयी भएको हो ।

नेपालले १९२ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

त्यसपछि खेल सुरु हुने अवस्था नभएपछि नेपाल विजयी भएको हो ।

तेस्रो खेलमा बलिङमा नेपालका लागि अपराजित पौडेलले दुई तथा सन्तोष यादव, अशोक धामी, विपिन शर्मा र दयानन्द मण्डलले एक/एक विकेट लिए ।

त्यसअघि काठमाडौंस्थित मूलपानी मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल ४४.५ ओभरमा १९१ रनमा अलआउट भयो ।

नेपालका लागि शाहिल पटेलले ४६, निरजकुमार यादवले ४२, रोशन विश्वकर्माले २८, कप्तान नरेन भट्टले २२ र दर्श सोनारले १० रन बनाए ।

अफगानिस्तानका लागि हफीज जाद्रानले १० ओभरमा २ मेडनसहित ४९ रन दिएर सर्वाधिक चार विकेट लिए । नेपाल र अफगानिस्तानले यू–१९ विश्वकप छनोटको तयारीस्वरूप एकदिवसीय सिरिज खेलेका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १६:०६   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।