Logo

अर्थ

सेयर बजारमा वृद्धि, ७ अर्ब २६ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.७५ अंकले बढेर २६९८ को विन्दुमा कायम भएको छ ।

आज १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब २६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १५:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।