काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.७५ अंकले बढेर २६९८ को विन्दुमा कायम भएको छ ।
आज १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब २६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८१ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया