Logo

अर्थ

१६ अंकले घट्याे सेयर बजार, साढे ८ अर्बकाे काराेबार



काठमाडौं । आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । सेयर बजार मापक नेप्से परिसूचक १६.४८ अंकले घटेर २७०६ बिन्दुमा पुगेकाे छ ।

आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ४३ कराेड ३५ लाख ८९ हजार रूपैयाँमा किनबेच भएकाे छ ।

आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५७ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.३३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १५:२१   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।