काठमाडौं । आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । सेयर बजार मापक नेप्से परिसूचक १६.४८ अंकले घटेर २७०६ बिन्दुमा पुगेकाे छ ।
आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ४३ कराेड ३५ लाख ८९ हजार रूपैयाँमा किनबेच भएकाे छ ।
आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५७ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.३३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया