Logo

सुरक्षा/अपराध

बिल तथा कागजात नभएको ५६ थान मोबाइल बरामद  



काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त  मोबाइल फेला पारी बरामद गरेको हो । 

बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन  ललितपुर पठइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।