काठमाडौं । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।
आईपीओ वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको थियाे । आईपीओमा कुल १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो ।
आईपीओ बाँडफाँटका गोलाप्रथाबाट गरिएकाे हाे । १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.४ प्रतिशत हो ।
बाँकी १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका आवेदन खोलेको हो । यसको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।




















प्रतिक्रिया