Logo

अर्थ

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा होटल मेक्योरमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र सुकेधारा हाइटमा रहेको पाँचतारे होटल मेक्योर काठमाडौंबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई होटलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ ।

यस सम्झौतापछि एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यो छुट पाउन मेक्योर काठमाडौंमा आफ्नो एससीटी–यूपीआइ कार्डमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड र बेभरेज बिलमा १० प्रतिशत छुट तथा रुम महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

कम्पनीका अनुसार रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ ।  एससीटी–यूपीआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुन नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १०:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।