Logo

अर्थ

गभर्नर नियुक्ति विवादको सुनुवाइ अब आइतबार हुने



काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले अब आइतबार सुनुवाइ गर्ने भएको छ । बिहीबार र शुक्रबार बन्दी प्रत्यक्षीकरण र अति जरुरी रिटबाहेकका मुद्दामा सुनुवाइ नहुने भएपछि यो विवादकाे सुनुवाई आइतबार हुने भएको हो ।

उक्त विवाद अति जरुरीमा नपरेको भन्दै यसअघि चार दिनसम्म लगातार ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । गभर्नर नियुक्तिसम्बन्धी रिट र त्यसमा दायर पूरक निवेदन गत वैशाख ५ गते सर्वोच्चमा दर्ता गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका थिए ।

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १७:२८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।