Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम माैका



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज वैशाख १२ गते (शुक्रबार) अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस ऋणपत्रमा आवेदन दिने सक्नेछन् ।

यसअघि ऋणपत्र आवेदन दिने समय वैशाख २१ गतेसम्म थप भएपनि मागभन्दा बढी आवेदन परेकाले आजदेखि उक्त ऋणपत्रको बिक्री बन्द हुने कम्पनीले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ । यसमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । केयर रेटिङ्स नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटङ प्रदान गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार १०:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।