Logo

अर्थ

कामु गभर्नर नीलमले मानिनन् अर्थमन्त्रीको निर्देशन, स्वीकृत भएन भट्ट र श्रेष्ठको राजीनामा



काठमाडाैं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन बेवास्ता गरेकी छिन् । आइतबार अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । तर ढुंगानाले अहिलेसम्म पनि राजीनामा स्वीकृत गरेकी छैनन् ।

स्रोतका अनुसार दुईमध्ये भट्टलाई भावी गभर्नर बनाउन दुई प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइसकेको छ । यहीबीचमा कार्यकारी निर्देशक रहेकै बेला भट्ट गभर्नर बन्न नसक्ने भन्दै सर्वोच्चमा परेको रिट विचाराधीन छ ।

याे पनि…

“डा. भट्टको राजीनामा स्वीकृत गर्न ढुंगानालाई उपप्रधानमन्त्री पौडेलको निर्देशन”

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १७:३२   :  बजे

648
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।