काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम ढुंगानालाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा बोलाएर ढुंगानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको स्रोतले जनाएको छ। भट्टले बैंकको कार्यकारी निर्देशक पद बाट राजिनामा बुझाएको एक साता बितिसक्दा पनि स्वीकृत गरेकी छैनन् । ढुंगानाले प्रतिस्पर्धीलाई सजिलो बनाउन राजीनाम स्वीकृत नगर्ने खुला चुनौती दिँदै भट्ट अयोग्य छन् भन्ने गलत भाष्य निर्माण गरिरहेकी छन् ।
केहि दिन अघि सत्ता साझेदार कांग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न समझदारी भएको बिषय सार्वजनिक भएपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले एक महिनाको तलबसहित राजिनामा बुझाएका हुन् ।
टुंगो लगाईसकेको राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई गिजोलेर प्रक्रिया लम्ब्याउन खोजेपछि गठबन्धन नै धरापमा परेको र सरकार परिवर्तनलको चर्चाकै बीच प्रधानमन्त्रीको निर्देशनमा उपप्रधानमन्त्री पौडेलले ढुंगानालाई राजीनामा स्वीकृत गर्न भनेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रवार साँझ भएको भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । उक्त भेटमा भएको सहमतिअनुसार नै उपप्रधानमन्त्री पौडेलले भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया