Logo

अर्थ

सेयर बजारमा लगातार गिरावट, ९ अर्ब ३७ करोडकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ को विन्दुमा कायम भएको छ ।

आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब ३७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १५:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।