Logo

प्रमुख समाचार

रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेरअहिले जिल्ला प्रहरी परिसर ल्याइएको प्रहरी स्रोतले बताएकाे छ ।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १६:२६   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।