काठमाडौँ । नेपाल राष्ट्र बैंकले सम्भवत: सोमवारसम्म १८औं गभर्नर पाउँदैछ । गभर्नर नियुक्ति गर्न बनेको सिफारिस समितिका विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । गभर्नर नियुक्ति गर्न बनाइएको सिफारिस समिति निरीह देखिएपछि उनले राजीनामा दिएका थिए । गभर्नर नियुक्ति समितिले पूर्णता पाएको र सातारुढ दलबीच सहमति समेत भईसकेकाले अब नयाँ गभर्नर नियक्ति प्रक्रिया लम्बिने छैन ।
सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा राष्ट्र बैंकका प्रमुख कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले पदबाट राजीनामा दिएका थिए । तर कामु गभर्नर निलम ढुंगानाले अनावश्यक किचलो खडा गर्दै भट्टको राजीनामा समेत स्वीकृत गरेकी छैनन् ।
ढुंगानाले भट्ट र श्रेष्ठको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले गत आइतबार नै राजिनामा स्वीकृत गरी नियुक्ति प्रक्रियामा सहजिकरण गर्न निर्देशन दिएका थिए। त्यसो त राष्ट्र बैंक ऐनमा भट्टले दिएको राजिनामा स्वीकृत हुनैपर्ने व्यवस्था भने छैन ।
यता डा. भट्ट गभर्नर बन्ने चर्चापछि उनको नियुक्ति रोक्न मागगर्दै दायर पूरक निवेदन समेत सर्वोच्च अदालतले अस्वीकार गरिसकेको छ । बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र वालकृष्ण ढकालका इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेपछि भट्टलाई गभर्नर बन्न अदलतले पनि रोकेको छैन ।
ढुंगानाले गभर्नरका अर्का प्रत्याशी राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको समेत राजीनामा स्वीकृत गरेकी छैनन् । तर, श्रेष्ठ आफ्नो कार्यकाल सकेर १० गते देखि नै अनिवार्य विदामा बसिसकेका छन् ।
अर्थमन्त्री पौडेलको निर्देशन समेत अटेर गरेर राष्ट्र बैंकमा रडाको मच्चाउन थालेपछि सरकारले ढुंगानालाई दिईएको कामु गभर्नरको जिम्मेवारीबाट हटाएर डेपुटी गभर्नर बमबहादुर मिश्रलाई जिम्मेवारी दिने तयारी भईरहेको अर्थमन्त्राले स्रोतले जनाएको छ । भट्टलाई गभर्नर बनाए आफू डेपुटी गभर्नरमा नबस्ने र उपयुक्त जिम्मेवारी पाउनु पर्ने दावी गर्दै ढुंगानाले सरकारसँग बार्गेनिङ गरिरहेकी छन्, स्रोतले भन्यो । स्रोतका अनुसार ढुंगानाले राष्ट्र बैंकमा किचलो गर्न छोडेर भट्टको राजिनामा स्वीकृत गरेवापत राजदूत, योजना आयोगको सदस्य या अन्य कुनै संवैधानिक नियुक्तिको लागि बार्गेनिङ गरेकी छन् ।
प्रधानमन्त्री ओली महिला भएकै कारण सहानुभूति देखाउनकै लागि भएपनि निलमई गभर्नर बनाउन चाहन्थे । तर डा. भट्टको नाम अगाडि सारिएपछि दुई दलबीच उनैलाई गभर्नर बनाउने सहमति जुटेको छ ।
अर्थमन्त्रालका एक उच्च अधिकारी भन्छन्, – ‘गभर्नर नियुक्ति प्रक्रियामा ढुंगानाले देखाएको तल्लो स्तरको व्यवहारले यतिबेला प्रधानमन्त्री,अर्थमन्त्री आँफै आजित छन् । आईतबार सम्म पनि राजिनामा स्वीकृत नभए उनको जिम्मेवारी खोस्ने र डेपुटी गभर्नर मिश्रलाई जिम्मेवारी दिएर नयाँ गभर्नर नियक्ति प्रक्रिया अघि बढाउने सरकारको तयारी छ।’
गभर्नर नियुक्ति सिफारिस समितिले नयाँ गभर्नरका लागि ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ, जसमा १ जना वा दुवै डेपुटी गभर्नरको नाम समावेश गर्न सक्ने व्यवस्था छ । जसमा सिनियर भएका हिसावले निलम पर्ने भए पनि उनको खराब कार्यसम्पादनका कारण सिफारिसमा बम बहादुर मिश्रको सम्भावना बढेको छ। सम्भवत: आईतवारसम्म पनि निलमले आफ्नो पदीय जिम्मेवारी निभाईनन् भने मिश्र सिफारिसमा पर्ने देखिन्छ ।
१८ औं गभर्नरका लागि दर्जनौंको नाम चर्चामा रहेको भए पनि ६५ बर्षमाथिमा व्यक्ति गभर्नर बन्न नमिल्ने सर्वोच्चको अनतरिम आदेशपछि पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री र रबिन्द्र पाण्डे रेसबाट बाहिरिसकेका छन् । त्यसै वाणिज्य बैंकका बहालवाला अथवा हालै मात्र राजिनामा दिएर बसेका सीइओहरुलाई नियामक निकायको नेतृत्व -गभर्नर_ बनाउन नमिल्ने सँस्थागत सुशासन अन्तर्गतको प्रावधान र प्रधानमत्रीको ओलीको जिकिरसमेत पछि रेसमा देखिएका प्रभु बैंकका सीइओ अशोक शेरचन र नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना पनि बाहिरिसकेका छन् ।
अब कामु गभर्नर ढुंगाना, डेपुटी गभर्नर मिश्र, डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ मात्रै गभर्नरका प्रत्यासीका रुपमा देखिएका छन् । जसमध्ये भट्ट र श्रेठ गभर्नरका बलिया दावेवार हुन् ।
यधपी दशौँ वर्षदेखि गभर्नर बन्ने महत्वाकांक्षा बोकेका तर वाणिज्य बैंकको सीइओ पदमै रही आएका ढुंगानाले भने अझै नेपाली कांग्रेसका केहि नेतालाई प्रभावमा पारेर गभर्नरका लागि लबी गरिरहेका छन् । ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउने भन्दै करोडौं रूपैयाँ आर्थिक चलखेल भएको काग्रेस निकट स्रोतको दावी छ ।
ज्ञानेन्द्रलाई गभर्नर बनाउन कांग्रेसकै केहि ठूला नेताले सभापति देउवालाई दवाव दिईरहेको एक नेताले बताए । उनी भन्छन्,-‘गभर्नर बनाईदिन्छु भन्दै हाम्रै पार्टीका नेताहरुले ज्ञानेन्द्रबाट करोडौं रुपैयाँ बुझिसकेका छन्, कि त त्यो पैसा फिर्ता गर्नुपर्यो कि गभर्नर बनाउन पर्यो । तर सभापति ज्यु यसपटक योग्य व्यक्ति गभर्नर हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ । सोहि अनुरुप नै डा. गुणाकर भट्टलाई अघि सारिएको हो ।’
‘सभापति ज्यु बचनको पक्का हुनुहुन्छ, बोली फेरेको थाहा छैन । त्यसैले पनि डा. भट्ट नै गभर्नर बन्ने पक्कापक्की भएको छ ।’ उनले भने ।
डा. भट्ट विगत २५ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, सुपरिवेक्षण विभाग, राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख भएर काम गरी सकेका डा. भट्ट दुईपटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । भट्ट स्नातकोत्तर तहमा त्रिभुवन विश्व विद्यालयका ‘गोल्डमेडलिष्ट’हुन् । भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाकै वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
छुटाउनु भयो कि ?
अर्थशास्त्रमै विद्यावारिधि गरेका डा. भट्टमाथि किन भिराईदैछ ‘अयोग्यता’ को बिल्ला ?
निलमलाई ओलीको निर्देशन : भट्टको राजीनामा ‘स्वीकृत’ नगर्नु !
गभर्नरको कुर्सीमा विष्णुको दृष्टि
गभर्नर दौडको पर्दा पछाडिको खेल : गुणाकर भट्टलाई छेकेर सिंहदरबारको आशीर्वाद खोज्दै नीलम ढुंगाना
कामु गभर्नर ढुंगानाको निर्लज्ज खेल : डा. भट्टविरुद्ध नियोजित षड्यन्त्र
गभर्नरका नाममा अर्थतन्त्र बन्धक बनाउने ओलीको षड्यन्त्र: पौडेलको निर्देशनमा ढुंगानाको ‘पावर प्ले´
गभर्नर बन्न आतुर निलम ढुंगानाको ‘कु’ शैली: पदिय मर्यादाको खिल्ली, ऐनको ठाडै उल्लंघन




















प्रतिक्रिया