Logo

अर्थ

कामु गभर्नर ढुंगानाको निर्लज्ज खेल : डा. भट्टविरुद्ध नियोजित षड्यन्त्र



काठमाडौं । राष्ट्र बैंकको कायममुकायम गभर्नर निलम ढुंगाना खुलेआम सत्ता र शक्तिको दुरुपयोगमा उत्रिएको आरोपमा मुछिएकी छिन् ।

गभर्नर बन्नका लागि योग्य र अनुभवी उम्मेदवार डा. गुणाकर भट्टको उमेर, अनुभव र दक्षतालाई चुनौती दिन नसक्ने ठानेपछि ढुंगाना अब चरित्रहत्या र पद रोकथामको खेलमा लागेकी देखिएकी छिन् ।

भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट दिएको राजिनामा ढुंगानाले अस्वीकृत गरेपछि, यो खेलको पर्दाफास भएको हो । राजीनामा अस्वीकृत गर्नुको कुनै तार्किक वा कानुनी आधार नरहेको देख्दा, ढुंगानाको नियत अब प्रश्नको घेरामा परेको छ ।

विश्वसनीय स्रोतका अनुसार, ढुंगाना गभर्नर बन्ने उद्देश्यले ‘साम, दाम, दण्ड, भेद’को नीति अवलम्बन गर्दै सिंहदरबारका उच्च अधिकारीहरूसँग गोप्य साँठगाँठ गरिरहेकी छिन् । डेपुटी गभर्नरको रुपमा रहँदा नै विभिन्न विवाद र आरोपको घेरामा परेकी ढुंगाना फेरि पनि विवादास्पद शैलीमा सत्ताको भरपर्दो गद्दीमा पुग्न खोजिरहेकी छिन् ।

वित्तीय अनुशासन, पारदर्शिता र योग्यताका लागि चिनिने डा. भट्टलाई अपमानजनक तरिकाले रोक्ने यो प्रयासले राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ। ढुङ्गानाको यो गैरजिम्मेवारी पूर्ण कार्यले राष्ट्र बैंक जस्तो गरिमामय सँस्थाकै साख गिरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार ०८:४०   :  बजे

882
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।