Logo

अर्थ

बजेटबारे अर्थमन्त्रीले गरे प्रचण्डसँग छलफल



काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

पौडेल र प्रचण्डबीच आज बिहान प्रचण्डको निवास खुमलटारमा छलफल भएको हो । भेटघाटका क्रममा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको थियो ।

सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको थियो ।

सरकारले जेठ १५ गते आगामी आर्थक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १०:१०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।