Logo

समाचार

चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउने



काठमाडाैं । मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ ।

हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषदका अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १६:३५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।