Logo

स्वास्थ्य

नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु ,कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो



 नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो। 

गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्। 

नेपालमा हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।