Logo

प्रमुख समाचार

लुम्बिनीमा बुद्ध जयन्ती समारोह सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन



बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवसको मूल समारोह रूपमा सुरु भएको छ । सोमबार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा आयोजित समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसदहरू, विभिन्न देशका राजदूतहरू, भिक्षु–भिक्षुणी, उपासक–उपासिका तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको छ ।

बुद्ध जयन्तीको अवसरमा आइतबारदेखि नै लुम्बिनीमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । आजको मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट शोभायात्रा निकालिएको थियो, जसमा सयौं भक्तजन सहभागी थिए ।

लुम्बिनी विकास कोषले यस वर्षको बुद्ध जयन्ती मनाउनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा पनि मंगलबारसम्म विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार ११:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।