Logo

समाचार

जनसम्पर्क क्यानडाको कार्यवाहक सभापतिको जिम्मेवारी निरन्जन थापालाई



काठमाडाैं । नेपाली काङ्ग्रेसको सुभेच्छुक संगठन नेपाली काङ्ग्रेस जनसम्पर्क समिति क्यानडाको कार्यवाहक सभापतिको जिम्मेवारी निरन्जन थापाले पाएका छन् ।

विगत लामो समयदेखी क्यानडामा बसोबास गरी नेपाली काङ्ग्रेसमा आवद्ध रहेका थापा नेपालमा दाङको जिल्लाबासी हुन् ।

थापा १४औं महाधिवेशनमा क्यानडाबाट महाधिवेशन प्रतिनीधि भएर पार्टीको महाधिवेशनमा भाग लिएका थिए ।

नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापति एवं संगठन विभाग प्रमुख रहेका थापालाई सभापति बुद्धि प्रकाश ओलीले आफु व्यक्तिगत कारणले क्यानडा बाहिर जानुपर्ने भएकोले कार्यवाहक सभापतीको जिम्मेवारी दिएको कुरा बताएका छन् ।

नेपाली समुदायले गर्ने सभा ,सम्मेलन, गोष्ठी र अधिवेशनहरुमा थापालाई अतिथि संस्थाको प्रतिनिधित्व गर्दै कार्यवाहक सभापतिको रुपमा उपस्थित हुन सभापति ओलीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १२:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।