Logo

अर्थ

चिलिमे हाइड्रोपावरको नाफा ८.९ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ छ । कम्पनीको नाफा ८.९ प्रतिशत बढेकाे हाे । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४६ करोड ६२ लाख रुपैयाँ थियो ।

कम्पनीको आम्दानी पहिले ७८ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले ८२ करोड ४९ लाख रुपैयाँ छ । कम्पनीको पहिले वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ७१ पैसा छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ पहिले  १४९ रुपैयाँ ६० पैसा रहेकोमा अहिले १२८ रुपैयाँ ६१ पैसा छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १२:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।