Logo

अर्थ

ग्रीन भेन्चर्सको नाफा ४३.४३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा ४३.४३ प्रतिशतले बढेकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीकाे नाफा ३७ करोड ३५ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यस कम्पनीले २६ करोड ४ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी १ अर्ब २८ करोड ६४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यस कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब १८ करोड ६८ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ छ । जगेडा कोषमा ४१ करोड २७ लाख ९३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ०१ पैसा छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १४:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।