काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगर्न माग गर्दै दायर गरिएको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध सोमबार नयाँ निवेदन दायर गरिएको छ । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले उक्त दरपिठ निर्णय बदर गर्न माग गर्दै निवेदन पेस गरेका हुन् ।
उक्त निवेदनमाथि आज सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ हुँदैछ ।
डा. पौडेलको सम्भावित नियुक्तिको विरोधमा सर्वोच्च अदालतमा गत साता रिट दायर गरिएको थियो । तर, प्रशासनले उक्त रिटलाई बिना सुनुवाइ दरपिठ गरिदिएको थियो । सोही निर्णयविरुद्ध अधिवक्ताहरूले पुनः निवेदन दायर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका हुन् ।




















प्रतिक्रिया