Logo

अर्थ

डा. विश्व पौडेललाई गभर्नर नबनाउन दायर रिट दरपिठविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा



काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगर्न माग गर्दै दायर गरिएको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध सोमबार नयाँ निवेदन दायर गरिएको छ । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले उक्त दरपिठ निर्णय बदर गर्न माग गर्दै निवेदन पेस गरेका हुन् ।

उक्त निवेदनमाथि आज सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ हुँदैछ ।

डा. पौडेलको सम्भावित नियुक्तिको विरोधमा सर्वोच्च अदालतमा गत साता रिट दायर गरिएको थियो । तर, प्रशासनले उक्त रिटलाई बिना सुनुवाइ दरपिठ गरिदिएको थियो । सोही निर्णयविरुद्ध अधिवक्ताहरूले पुनः निवेदन दायर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका हुन् ।

 

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार ११:२८   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।