काठमाडाैं । मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ । सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार मंगलबार अपराह्न ५ बजे मन्त्रिपरिषद बैठक बस्नेछ ।
उक्त बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।




















प्रतिक्रिया