Logo

प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना



काठमाडाैं । मन्त्रिपरिषदको बैठक आज  बोलाइएको छ । सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार मंगलबार अपराह्न ५ बजे मन्त्रिपरिषद बैठक बस्नेछ ।

उक्त बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १४:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।