Logo

अर्थ

१ हजार र ५० रूपैयाँको नयाँ नोट छाप्ने गभर्नरको पहिलो निर्णय



काठमाडाैं । कार्यभार सम्हाल्दै गभर्नर विश्वनाथ पौडेलले १ हजार र ५० रूपैयाँको नयाँ नोट छाप्ने निर्णय गरेका छन् । पौडेलले गरेको पहिलो निर्णयको जानकारी दिँदै ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे ।

उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १२:३७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।