Logo

अर्थ

बाफिया विधेयक जस्ताको तस्तै पास भए बैंकमा समस्या गहिरिन्छ : पूर्वगभर्नर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको प्रस्तावित विधेयक जस्ताको तस्तै पास भएमा बैंकिङ क्षेत्र थप संकटमा फस्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा धारणा राख्दै पूर्वगभर्नर नेपालले बैंक तथा वित्तीय प्रणालीमा हाल भइरहेका समस्याहरू समाधान गर्नुको सट्टा विधेयकले थप जटिलता निम्त्याउने बताए।

उनले भने, “अहिलेकै अवस्थामा यो विधेयक ऐनको रूपमा पास भए बैंकमा झनै पैसा थुप्रिन्छ, बैंकहरूमा अहिलेको भन्दा झन् समस्या आउँछ।”

उनका अनुसार वित्तीय प्रणाली संवेदनशील हुने भएकाले यस्तो विधेयक ल्याउँदा अत्यधिक सावधानी अपनाइनु आवश्यक छ। उनले बाफिया ऐनलाई व्यवहारिक, वर्तमान परिस्थितिको अध्ययनमा आधारित तथा दीर्घकालीन असर मूल्यांकन गरेर मात्र संशोधन गर्न सुझाव दिए।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १३:४७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।