Logo

अर्थ

एमजी ‘एस ५’ इभीले पायो फाइभ स्टार रेटिङ, नेपाली बजारमा सुरक्षाको नयाँ मापदण्ड



काठमाडाैं । नेपालमा विद्युतीय सवारीसाधनहरूको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि थपिएको छ । मोरिस ग्यारेज (एमजी) नेपालले बजारमा सार्वजनिक गरेको नयाँ विद्युतीय गाडी एमजी एस५ इभी (MG S5 EV) ले युरोपको प्रतिष्ठित सुरक्षा परीक्षण संस्था युरो एनक्याप (Euro NCAP) बाट पाँचतारे (5-Star) सुरक्षा रेटिङ प्राप्त गरेको छ ।

युरो एनक्यापको मूल्याङ्कन विश्वभर सबैभन्दा विश्वासिलो मानिन्छ । सो संस्थाले गाडीको सुरक्षालाई वयस्क तथा बाल यात्रु सुरक्षा, पैदल यात्रीको संरक्षण र आधुनिक प्रविधिमा आधारित सहायक सुरक्षा प्रणालीहरूजस्ता विभिन्न पक्षहरूबाट परीक्षण गर्छ। यिनै मापदण्डहरूमा एमजी एस५ इभीले उत्कृष्ट प्रदर्शन गर्दै उच्चतम सुरक्षा स्तर प्रमाणित गरेको हो ।

नेपालमा रु. ४३.९९ लाखदेखि सुरु हुने मूल्यमा उपलब्ध एमजी एस५ इभी पूर्ण विद्युतीय प्रणालीमा आधारित एसयुभी हो । एसयुभीकाे  पछाडिका पाङ्ग्रामा शक्ति प्रवाह हुने यो मोडेलले उकालो चढाइ र अप्ठ्यारा भू-भागहरूमा समेत प्रभावकारी प्रदर्शन गर्न सक्षम छ ।

यसको डिजाइन आधुनिक, प्रविधि भरिपूर्ण र वातावरणमैत्री विशेषता भएका कारण यो गाडी युवा पुस्ता, व्यवसायी, र प्रविधिमा रुचि राख्ने ग्राहकहरूका लागि उपयुक्त मानिएको छ ।

नेपालमा विद्युतीय सवारीप्रति सर्वसाधारणको चासो तीव्र गतिमा बढिरहेको छ । सरकारले विद्युतीय गाडीहरूमा कर छुट, सहुलियत तथा अनुदानजस्ता प्रोत्साहनात्मक नीतिहरू लागू गरेपछि बजारमा यस्ता गाडीहरूको माग समेत तीव्र रूपमा वृद्धि भएको छ ।

एमजी एस५ इभीको आगमनले नेपालको विद्युतीय सवारी बजारलाई नयाँ स्तरमा पुर्‍याउने मात्र होइन, सुरक्षित र दिगो यातायात प्रणालीतर्फको यात्रालाई समेत गति दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १३:०७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।