Logo

अर्थ

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच छलफल



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेल बीच भेटवार्ता भएको छ । मङ्गलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरू बीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भएको हो ।

उपाध्यक्ष र गभर्नर बीच वित्त नीति र मौद्रिक नीति दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने र नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भएको छ ।

उनीहरूले अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष अधिकारीले आयोगमार्फत अगाडि बढाइएका वित्तीय हस्तान्तरणको सुधार, आयोजना पुनःप्राथमिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन, तथा मध्यमकालीन खर्च संरचना सुधार जस्ता पहलहरूबारे गभर्नरलाई जानकारी गराएका थिए ।

त्यस्तै, गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १७:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।