काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँ घटेको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो ।
सुनको मूल्य घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया